ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो :ज्योतिषी भवेश !

By Admin

• Published on Aug 01, 2025

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो :ज्योतिषी भवेश !

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं। किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईँ हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ।; यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढङ्गले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईँ एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो