शास्त्रमा सूर्य हाम्रो ज्योतिष विज्ञानमा सूर्यलाई आत्माको कारक ग्रह मानिएको छ ज्योतिषी भवेश

By Admin

• Published on Apr 21, 2025

शास्त्रमा सूर्य  हाम्रो ज्योतिष विज्ञानमा सूर्यलाई आत्माको कारक ग्रह मानिएको छ ज्योतिषी भवेश

शास्त्रमा सूर्य 

हाम्रो ज्योतिष विज्ञानमा सूर्यलाई आत्माको कारक ग्रह मानिएको छ। सर्वसँग सम्बन्धीत नक्षत्रहरू कृतिका, उत्तराषाढा र उत्तराफाल्गुणी हुन् । 

भचक्रको पाँचौ राशि सिंह हो र त्यसको स्वामी ग्रह सूर्यलाई मानिएको छ। मेष राशिको १० अंशसम्म परम उच्चको र त्यसपछि उच्चको मानिन्छ त्यस्तै तुला राशिको पनि १० अंशसम्म परम नीचको र त्यस पछि निचको मानिन्छ। फलित ज्योतिषमा सूर्यका उर्जाले पिताको प्रतिनिधित्व गर्दछ । दाउरा, खोर्सानी, घास, हरिण, बाघ, उन, स्वर्ण, तांबा आदिका कारक पनि सूर्यलाई नै मानिएको छ। यी वस्तुहरूमा रहने आन्तरिक शक्तिहरू सूर्यका प्रत्यक्ष उर्जाहरू हुन्। सूर्य उर्जा धेरै संग्रहीत हुने स्थान वा सूर्यको निवास स्थान मन्दिर राम्रो महल, जङ्गल, पुराना किल्लाहरू, र नदिको किनारलाई मानिएको छ। मान्छेको शरीरमा भुँडी आँखा, हृदय, मुखाकृतिमा यसको विशेष प्रभाव रहन्छ। यसै ग्रहको उर्जाबाट नै आँखा शिर रक्तचाप, कपाल झर्ने (गंजापन) र ज्वरो 

यो सत्य हो !

सम्बन्धि रोगहरू हुने गर्दछन्। सूर्यको जातीय स्वभाव क्षत्रीय मानिन्छ। सूर्य उर्जा मानव शरीरको मुख्य निर्माणक भएका कारण शरीरको बनोटको अध्ययन सूर्यको किरणबाट नै गर्नु पर्दछ । अर्थात जातकमा सूर्यको प्रभावबाट गर्नु पर्दछ। किनकि शरीरको बनोटको मुख्य आधार हाँड हो र हाँडको सम्पूर्ण संरचनामा भएको सूर्यको प्रभाव हुन्छ। सूर्यको अष्टम भावमा सम्बन्ध भएमा आँगो को भय हुन्छ। यही ग्रह जातकको कुण्डलीमा सबैभन्दा बलवान छ भने यो ग्रहलाई राजाको गर्मीमा कारक मानिन्छ सूर्य ग्रहको प्रभाव गहु, घ्यू, ढुंगा, दवाई र माणिक्य पदार्थमा थौ हुन्छ। पित्त सम्बन्धि रोगको कारक पनि सूर्य ग्रह नै हो। बनस्पतिहरूमा लामा र अग्ला रूखहरूको कारक सूर्यलाई मानिन्छ। सूर्य भचक्र अनुसार सिंह राशिको अंशदेखि १० अंश सम्म मूल त्रिकोणी हुने भएका कारण शक्तिशाली मानिन्छ। सूर्यका देवता शिवलाई मानिएको छ। सूर्य कृतिका नक्षत्रको स्वामि सूर्य !