नीलम

नीलम

मूल्य रु 2,500/- बाट सुरु

    नीलमको गुणः–

    • यसको रङ नीलो हुन्छ ।
    • मयुरको प्वाँखको रङ भएको नीलम श्रेष्ठ हुन्छ ।
    • यसबाट पातलो पातलो नीलो किरण निस्कन्छ ।
    • यो चम्किलो एवम् चिल्लो हुन्छ ।
    • यो सफा र पारदर्शी हुन्छ ।

     

    नीलम कसले धारण गर्नेः–

    नीलम धारण गर्ने बेलामा एकदम सावधानी अपनाउनु पर्दछ । नीलमलाई निम्न स्थितिमा धारण गर्न सकिन्छ ।

    • मेष, वृष, तुला एवम् वृश्चिक लग्न भएकाले नीलम धारण गर्नु फाइदाजनक हुन्छ । यसले भाग्योदय गर्दछ ।
    • यदि जन्म कुण्डलीमा शनि चौथो, पाँचौँ, दसौँ या एघारौँ भावमा छ भने नीलम धारण गर्नुपर्दछ ।
    • यदि शनि षष्ठेश या अष्टमेषको साथमा बसेको छ भने नीलम धारण गर्नु श्रेष्ठतम हुन्छ ।
    • यदि शनि आफ्नो भावबाट छैठौँ या आठौँ स्थानमा स्थित छ भने नीलम धारण गर्नु ।
    • शनि मकर तथा कुम्भ राशिको स्वामी हो । यदि एउटा राशि श्रेष्ठभावमा र अर्को अशुभ भावमा छ भने नीलम कहिल्यै पनि लगाउनु हुँदैन । यदि शनिको दुवै राशिले श्रेष्ठ भावको प्रतिनिधित्त्व गरेको छ भने नीलमलाई धारण गर्नुपर्दछ ।
    • यदि शनिको साढेसाती चलिरहेको छ भने नीलमलाई धारण गर्नु श्रेष्ठतम हुन्छ ।
    • यदि कसैको ग्रहको महादशामा शनिको अन्तर्दशा चलिरहेको छ भने नीलम धारण गर्नु एकदम राम्रो हुन्छ ।
    • यदि शनि सूर्यको साथ या सूर्यको राशिमा होस् वा दृष्टिमा । त्यस्तो अवस्थामा पनि नीलम लगाउनु पर्दछ ।
    • यदि जन्मकुण्डलीमा शनि मेष राशिमा स्थित छ भने नीलम एकदम जरूरी हुन्छ ।
    • यदि कुण्डलीमा शनि वक्री, अस्तगत या दुर्वल छ र शुभ भावको प्रतिनिधित्त्व गरिरहेको छ भने नीलम धारण गर्नु राम्रो हुन्छ ।

     

    तान्त्रिक मन्त्र:

    ॐ शं शनैश्चराय नमः

     

    नीलमको प्रयोग

    नीलमलाई शनिबारको दिन सुन चाँदी पञ्चधातु या स्टीलको औँठीमा बनाएर विधिअनुसार त्यसको उपासनादि गरेर सूर्यास्तभन्दा दुई घडि अगाडि बीचको औँलामा धारण गर्नुपर्दछ । नीलमको वजन ५,६,८, रत्तीभन्दा कम हुनुहुँदैन । यसलाई लगाउनुभन्दा पहिले वैदिक मन्त्रद्वारा प्राणप्रतिष्ठा गर्नुपर्दछ ।

    शनिको साँढेसाती

    यदि शनि जन्म लग्नमा या चन्द्रको प्रथम र षष्टम स्थानमा स्थित छ भने यसलाई पुरै समय शनिको साढेसाती भनिन्छ । शनि एउटा राशिमा साढे दुई वर्ष रहन्छ । यदि कुनै व्यक्तिको साढेसाती अनिष्टकर छ भने उसले पनि नीलम धारण गर्नुपर्दछ ।

     

    नीलमबाट रोगोपचार

    आयुर्वेद अनुसार नीलम तीतो रस भएको हो । जसले कफ, पित्त तथा वायु विकारको कष्टलाई समूल रूपमा नष्ट गर्दछ । योभन्दा पनि नीलम दीपन हृदय, वृष्य वल्य र रसायन हो । त्यसकारण यसले मष्तिष्कको दुर्बलता, क्षय, हृदयरोग, दम, खोकी, कुष्ट आदिमा अत्यधिक फाइदा पु¥याउँछ ।

    आँखाको रोग:धमिलो, जालो, पानी खस्ने, मोतीविन्दु आदि रोगमा नीलमलाई बेलीको जलमा घोटेर आँखामा राख्नाले छिट्टै आराम हुन्छ ।

    •  पागलपनामा नीलमको भस्मले रामवाण जस्तै काम गर्दछ ।
    •  नीलम धारण गर्नाले खोकी, वान्ता, रक्त विकार, विषम ज्वरो आदि स्वत समाप्त हुन्छ ।
रत्न संग्रह! --