
माणिक्य (ruby)
- यदि लग्नमा सूर्य छ अर्थात् लग्नस्थ सूर्य सन्तान बाधा । अल्प सन्तति तथा स्त्रीका लागि कष्टप्रद हुन्छ । यस्ता व्यक्तिले माणिक्य कहिल्यै पनि धारण गर्नु हुँदैन ।
- धन स्थान अर्थात् द्वितीय भावको सूर्य धन प्राप्तिमा बाधा हुन्छ । यस्तो व्यक्तिले सेवामा विभिन्न प्रकारको व्यवधान र कष्ट सहनु पर्दछ । यस्तो स्थितिमा माणिक्य धारण गर्नु एकदम लाभदायक हुन्छ ।
- यदि कसै को जन्मकुण्डलीमा तेस्रोभावमा सूर्य छ, त्यसको भाइ जीवित छैन भने उसले सूर्यलाई प्रसन्न गर्नका लागि माणिक्य अवश्य धारण गर्नु पर्दछ ।
- चौथो स्थानको सूर्यले जीविकामा बाधा उत्पन्न गर्दछ । अतः यस्तो व्यक्तिका लागि माणिक्य लगाउनु एकदम उपयोगी हुन्छ ।
- यदि सूर्य भाग्येश, धनेश या राज्येश भएर छैठौँ अथवा आठौं स्थानमा छ भने माणिक्य धारण गर्नु उपयोगी हुन्छ ।
- यदि जन्मकालमा सूर्य कहीं पनि स्थिर नभएर आफ्नो नक्षेत्र उत्तर फाल्गुनी, कृत्तिका या उत्तरषाढालाई पूर्ण दृष्टिले हेरिरहेको हुन्छ भने त्यस्तो व्यक्तिले माणिक्यधारण गर्नुपर्दछ ।
- यदि सूर्य पञ्चम भावका स्वामी छन् भने अत्यधिक लाभ र उन्नतिको लागि माणिक्य धारण गर्नु उपयुक्त हुन्छ ।
- सप्तम भावमा रहेको सूर्यले स्वास्थ्यका लागि हानी पु¥याउँदछ । अतः यस्तो स्थितिमा माणिक्य लगाउनु राम्रो हुन्छ ।
- यदि जन्मकुण्डलीमा सूर्य अष्टमेश या षष्ठेश भएर पञ्चम अथवा नवम भावमा स्थित छ भने माणिक्य धारण गर्नु उत्तम हुन्छ ।
- यदि जन्मकुण्डलीमा सूर्य आफ्नो भावबाट अष्टम् स्थानमा स्थित छ भने त्यस्ता व्यक्तिले माणिक्य धारण गर्नु पर्दछ ।
- एकदश भावको सूर्यले पुत्रको बारेमा चिन्ता उत्पन्न गराउँछ तथा दाजुको लागि हानि पु¥याउँदछ । यस्ता व्यक्तिले पनि माणिक्य धारण गर्नु पर्दछ ।
- यदि सूर्य द्वादश भावमा स्थित छ भने त्यसले आँखालाई हानि गर्दछ । अतः आँखालाई सुरक्षित राख्नको लागि माणिक्य लगाउनु उत्तम हुन्छ ।
- यदि रगतमासी भएको छ भने माणिक्य पखालेको पानी पिलाउनाले तुरून्त प्रभाव पार्दछ ।
- यदि कसैलाई अतिसार अपच आदि रोग छ भने माणिक्यको औँठी लगाउनाले फाइदा हुन्छ ।
- अजीर्णको स्थितिमा माणिक्यमा सिञ्चित जल विशेष लाभकारी हुने गर्दछ ।
- लहरे खोकिमा माणिक्यको भस्मले रामवाणको जस्तै काम गर्दछ ।
- यदि घरमा माणिक्य छ भने त्यसबाट किटाणुको नाश हुने गर्दछ तथा वातावरणलाई शुद्ध राख्दछ ।
माणिक्य कसले धारण गर्नेे ?
माणिक्य वास्तवमा सूर्य रत्न हो, सबैलाई थाहा भएकै कुरा हो सूर्यलाई काल पुरूषको आत्मा भनिएको छ । यदि जन्मकुण्डलीमा सूर्यको निम्नलिखित स्थितिमा पनि माणिक्य धारण गर्न सकिन्छ ।
तान्त्रिक मन्त्र :
ॐ घृणिः सूर्याय नमः
माणिक्यको प्रयोग
कम से कम ५,७ या ८ रत्तीको शुद्ध माणिक्य सुन या तामाको औंठीमा शुक्लपक्षको आइतबारको दिन सूर्योदयको समयमा लगाउनु पर्दछ । धारण गर्नुभन्दा पहिले यसलाई काँचो दूध या गङ्गा जलमा डुबाएर राख्नुपर्छ । त्यसपछि शुद्ध जलले स्नान गराएर फूल, चन्दन र धूपबत्तीले त्यसको उपासना गर्नुपर्दछ । वैदिक मन्त्रद्वारा प्राण प्रतिष्ठा गरि दायाँ हातको साहिँली औँलामा धारण गनुपर्दछ
माणिक्यबाट रोगोपचार
माणिक्य रगत सम्बन्धी विकारको लागि अत्यन्त फाइदाजनक हुन्छ । यसको भस्मको सेवन गर्नाले आश्चर्यजनक रूपले फाइदा पाउन सकिन्छ । आयुर्वेद शास्त्रमा चिकित्साको दृष्टिले माणिक्यको बारेमा भनेका छन् – ‘माणिक्य दीपन वृष्यं कफवातक्षयार्तिनुत्’ । अर्थात् माणिक्य वात, पित्त नाशक तथा पेट पिभिन्न रोगको लागि अत्यन्त लाभदायक छ । यसको भस्मले दीर्घायु बनाउनुका साथै क्षय रोग, पखाला लाग्ने, फोका उठ्ने, धातु, विष नाश, आँखाको बिरामी अत्यन्त सिद्ध भएको छ । यस्तो रोगीले यसको भस्म प्रयोग गर्नु पर्दछ । यसको गोली पनि बजारमा उपलब्ध छ । यो पहेलो रोग एवम् रक्तअल्पताको लागि अचुक मानिएको छ । यसको अलावा माणिक्यले निम्नलिखित रोगमा पनि लाभकारी प्रभाव पार्दछ :