शास्त्रमा मंगल
हाम्रो ज्योतिष विज्ञानमा मंगललाई सेनापति ग्रह मानिएको छ । मंगलसँग सम्बन्धित नक्षत्रहरू मृगशिरा, चित्रा, र धनिष्ठा हुन् । भचक्रको पहिलो राशि मेष र आठौ राशि वृश्चिक हो। त्यसको स्वामी ग्रह मंगललाई मानिएको छ।
मकर राशिको २८ अंशसम्म परम उच्चको र त्यसपछि उच्चको मानिन्छ त्यस्तै कर्क राशिको पनि २८ अंशसम्म परम नीचको र त्यस पछि निचको मानिन्छ। फलित ज्योतिषमा मंगलको उर्जाले दाजु भाईको प्रतिनिधित्व गर्दछ। मंगल ग्रह शारीरिक उर्जा, आत्मविश्वास, अंहकार शक्तिको क्रोध, आवेग, वीरता र साहसको प्रतिनिधित्व गर्दछ। यो ग्रहको कारक क्षेत्रमा रगत, मांशपेशि र अस्थिहरू पर्दछन मङ्गलको सम्बन्ध लडाई, झगडा र सैनिक क्षेत्रसँग पनि हुन्छ। यसको स्वामि आग्नी हुन् र यो ग्रह दक्षिण दिशाको कारक ग्रह हो। जातकको कुण्डलीमा मंगल ग्रह बलवान छ भने प्रबल साहस आत्मविश्वास, निडरता प्राप्त हुन्छ र उ सामान्यतः कुनै प्रकारको दबाबमा बस्न र झुक्न चाहदैन। मानसिक शक्ति र शरीरिक बल यी दुबै मंगलको क्षेत्राधिकार भित्र पर्दछन्। पुलिस, सेना खेलाडी, अग्निसँग सम्बन्धित कारोवारहरू मङ्गल ग्रहको प्रभाव भित्र पर्दछन् । आफैँ भन्दा साना भाई-बहिनीहरू, आन्तरिकबल, अचल सम्पत्ति, रोग, शत्रुता, रक्त, शल्य चिकित्सा, विज्ञान, तर्क, भूमि, अग्नि, रक्षा, सौतेनी आमा, तिव्र काम भावना, क्रोध, घृणा, हिंशा, पाप, अकस्मात् मृत्यु, हत्या, दुर्घटना बहादुरी, आदिको कारक ग्रह पनि मंगललाई मानिएको छ।