मलेसिया भ्रमण क्रममा ज्योतिषी भवेश रोचक लेख चन्द्रमा र विश्व व्रम्हाण्ड हो !

By Admin

• Published on May 18, 2025

मलेसिया भ्रमण  क्रममा  ज्योतिषी भवेश रोचक  लेख  चन्द्रमा र विश्व व्रम्हाण्ड  हो !

भ्रमण  क्रममा  ज्योतिषी भवेश रोचक  लेख  चन्द्रमा र विश्व व्रम्हाण्ड  हो !


चन्द्रमा पृथ्वीको सबै भन्दा समिपमा रहेको ग्रह हो। यसमा प्रबल चुम्बकीय क्षमता रहेको हुन्छ। यसै कारणले गर्दा नै चन्द्रमा पृथ्वीको समिपमा आउदा समुन्द्रको पानिलाई निकै माथिसम्म तान्दछ र पृथ्वीबाट टाढाहुँदा समुन्द्रको पानि यथा स्थानमा पुग्दछ। धेरै तिव्र गतिमा सो पानि आफ्‌नो स्थामा जाने भएका कारण समुन्द्रमा कहिले काही ज्वार भाट र तुफानहरू आउदछन्। पुर्णीमाको दिनमा चन्द्रमा जब पूर्ण आकारको हुन्छ तब यसमा गुरूत्वाकर्षण शक्ति धेरै हुन्छ । 


चन्द्रमालाई सुधांश पनि भनिएको छ पौराणिक मान्यता अनुसार चन्द्रमामा अमृत प्राप्त हुन्छ यसको अलावा यसको सतहमा अमोघ औषधिहरू पनि प्राप्त छन् संभवत यही कारणले होला शास्त्रमा भनिएको छ। (यातिति एकतो अस्त शिखरं पतिरोषधीनाम्, अविषकृतो अरूणपुरः सरः एकतो अर्कः तेजो द्वयस्य युगपद व्यसनोद्याभ्याम लोको नियम्यदिव आत्म दशांतरेषु) यसको अर्थ :- 


एकातर्फ औषधिहरूको एकमात्र स्वामि अस्ताचल तर्फ जादैछन् अर्को तर्फ उदयाचल पर्वतमा आफ्‌ना अरूणलाई अघि लगाएर सूर्य उदय हुदैछन्। यी दुईटा ग्रहहरूले आफ्नो यस्तो अलौकिक स्थितिलाई प्रत्यक्ष प्रदर्शन गरेर यो भन्न खोज्दैछन् कि यो संसार पनि उदय र अस्त को अधिनमा छ। शुक्ल पक्षको द्वितीया देखि पूर्णीमा 


सम्म चन्द्रमा निरन्तर र नित्य पृथ्वीको नजिक आउदछ र कृष्ण पक्षको प्रतिपदादेखि औशिसम्म निरन्त पृथ्वीबाट टाढा हुदै जान्छ। जब चन्द्रमा पृथ्वीबाट 


टाढा हुन्छ तब यसले आफनो उर्जालाई धेरै तिव्र गतिले पृथ्वीबाट आफ् ग्रह परिचय तान्दछ। त्यसैले चन्द्रमा कमजोड भएका बेला वा चन्द्रमा पाप राशिमा पाएका बेला रात्रीमा जन्मनु फलित ज्योतिषमा राम्रो न मानिएको हो । सूर्य कार्य राशिबाट जब अघि बढन थाल्दछ तब वर्षा प्रारम्भ हुन्छ सामान्य कुरा हो पक राशिमा सुर्य आएपछि कर्क राशिसम्मको अवधिमा दिन धेरै लामा हुन्छन पृथ्वीमा गर्मी पनि असाध्यै हुन्छ, गर्मीका कारणले पृथ्वीमा रहेको तरल पदार्थ वाफ बनेर माथि गएको हुन्छ सूर्य जब कर्क राशिबाट टाढा जान थाल्छन तो वाफहरू चिसो भएर पृथ्वीमा झर्न थाल्छन जति सये टाढा जान्छन त्यती नै चिसो भएर यहाँसम्म कि वर्फ भएर झर्न थाल्छन् । यदि कनै जातकको कुण्डलीमा चौथो भावमा चन्द्रमा र पाँचौ भावमा सूर्य छन भने यी दई ग्रहहरू मीन र सिंह राशिको भित्रमा छन भने सो जातक कुशाग्र बुद्धि भएको राम्रो संस्कारले युक्त देश विदेशमा मान सम्मान प्राप्त गर्नेवाला हन्छ । यो समयमा चन्द्रमाबाट आकर्षित उदवेलित हने मस्तिष्कका प्रत्येक द्रव्यहरूलाई सूर्यको उर्जाले सघनी करण प्रशोधनको काम धेरै मिहेनतका साथ गरेको हन्छ। यसको विपरित सूर्य तुला राशिमा र चन्द्रमा मीन राशिमा छ र यी ग्रहहरूको उपस्थिति अघि भनेकै भाव मध्ये चौथो भावमा छ भने माता पिता र धन सम्पत्त्किो निम्ति राम्रो हुदैन। किनकि यस्तो अवस्थामा न त चन्द्रमाको प्रभाव मस्तिष्कमा पर्दछ न त सूर्यले कुनै प्रकारको उर्जा प्रवाहित नै गर्न सक्छ। यस्तो अवस्थामा चन्द्रमा सूर्यबाट धौ टाढा पुगेको हुन्छ। चन्द्रमाबाट नै मान्छेहरूको मन र समुन्द्रबाट उठ्ने पानिको छालको निर्धारण हन्छ। आमासँग पनि चन्द्रमाको सम्बन्ध धेरै गहिरो हुन्छ। पिसाब सम्बन्धी रोग, पागलपन, धेरै तनाब, हृदयघात, यी सबै चन्द्रमासँग सम्बन्धीत रोगहरू हुन् ।


त्यसो त चन्द्रमालाई सरल भाषामा बुझ्दा हामी सुख र शान्तिको कारकको रूपमा बुझ्छौ । तर चन्द्रमाको अर्को उग्र रूप पनि छ यसको नराम्रो उर्जा चन्द्रमाको नराम्रो उर्जाले मानव जीवनको मात्र हैन संसारको प्रलयको स्वरूप निर्धारण गर्दछ। तन्त्र शास्त्रीहरू चन्द्रमाको उर्जालाई तान्त्रिक सिद्धि प्राप्त गराउने जननीको रूपमा मानेर पुर्णिमाको पूर्ण चन्द्रमामा तान्त्रिक सिद्धिहरू प्राप्त गर्दछन्। अर्थात चन्द्रमाको उर्जाबाट त्यो वस्तुहरू उनीहरूले प्राप्त गर्दछन्। एउटा साधारण व्यक्तिले त्यसलाई जादु वा चमत्कार मात्र भन्न सक्छ । चन्द्रमा शितल


नरम ग्रह हो, चन्द्रमालाई फलित ज्योतिषमा स्त्रीको संज्ञा दिईएको छ ।


चन्द्रमाका कारक वस्तु व्यक्ति द्रव्यहरू धेरै माथि पनि भनि सकेको छु। यहाँ पनि सन्दर्भ वश राख्दैछु। चन्द्रमा माता र मनको अतिरिक्त रानीहरू, जनसम्पर्क क्षेत्रमा कार्य गर्ने अधिकारीहरू, सिद्धि साधनाबाट अरूको उपचार गर्ने धामी, झाक्री, जैसी, माता आदिहरू, चिकित्सा क्षेत्रसँग आवद्ध व्यक्तिहरू, होटल तथा सुविधा ऐश्वर्यसँग सम्बन्धीत विषयमा आवद्धहरू, पानि समुन्द्र नदि नाला र यीसँग सम्बन्धित व्यवसाय गर्ने व्यक्तिहरूको कारक ग्रह पनि चन्द्रमालाई मानिन्छ !