मलेसियामा _ अंशावतार योग को : चर्चा ज्योतिषी भवेश

By Admin

• Published on May 18, 2025

मलेसियामा _  अंशावतार योग को :  चर्चा ज्योतिषी भवेश

#_योग: 

                      (London को एक ईतिहास पनी…)


यदि बृहस्पति र शुक्र केन्द्रमा छन् तथा शनि पनि उच्च राशिको केन्द्रमा छ भने अंशावतार योग हुन्छ । यो योगमा जन्मीने जातक पुण्य आचरण गर्ने, तिर्थसेवी या तिर्थाटन गर्ने, विभिन्न कला जान्ने तथा कलाको कार्य गर्ने, लक्ष्मीवान् तथा वेदशास्त्रको ज्ञाता हुन्छ ।


तलको जन्म कुण्डली British साम्राज्यको बादसाह जार्ज पञ्चमको (v) दोश्रो सन्तान जार्ज षष्ठको (vi) हो र एडवर्ड अष्टमले गद्दी छोडेपछी सम्राट बनेका थिए । यीनको एक कन्या सन्तान एलिजाबेथ सम्प्रति ब्रिटेनको महारानी थिइन् ।  

जार्ज षष्टको जन्म 1895- dec.14 मा London time अनुसार बिहान 03:05 बजे sandrigham norfolk मा जन्म भएको थियो । 


यीनको जेठो दाजु (जार्ज पंचमको जेठो दाई) एडवर्ड अष्टमले मिसेज सिम्पसन (जसले दुई पटक अन्य व्यक्तीसङ्ग बिबाह गरेर छोडपत्र गरि सकेको थिइन्) संग विवाह गर्नाले ब्रिटिश सम्राज्यमा तिलांजलि दिन पर्यो । तत् पश्चात् जार्ज षष्ठले साम्राज्य चलाएका थिए ।


प्राय देखीने गर्छ कि जब दुई भाइहरुमा कान्छो भाईको कुण्डलीमा प्रवल राजयोग छ र राजवंशमा जन्म छ भनें कान्छो छोरानै राजा भएको पाईन्छ । त्यसै प्राकारले पहिला जब पिताको (राजाको) कुण्डलीमा मारक ग्रह बिचार गर्नु साथ साथै ज्येष्ठ पुत्रको (राजकुमारको) कुण्डलीमा राजयोग बिचार गरिन्थ्यो कि कहिले पितालाई मारक र पुत्रलाई कारक समय पर्छ । दशममा प्रवल पाप ग्रह, पुत्रलाई (राजकुमारलाई) राज्याधिकार दिन्छ तर राजाको लागि अनिष्ट हुने गर्दछ । यो अनुभव सिद्ध नै छ ।


यसरी ग्रहको उच्चादि शुभ अबस्था तथा निचादी अशुभ योग नभएको बेलामा राजयोग निर्माण गर्ने स्थितीहरु बिचार गरि बिश्लेषण गरिएका फलादेशमा पूर्णता आउन सक्छ ।