ओली र देउवाबीच भयो, एकघण्टा लामो भेटवार्ता

By Admin

• Published on Apr 15, 2025

ओली र देउवाबीच भयो, एकघण्टा लामो भेटवार्ता

पोखरा,२ बिन्ध्यबासिनि  बैशाख २०८२।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्ता नियमति रहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले बताए ।

सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका हुन् ।

भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । बैठक बेलुका ६ बालुवाटारमा बस्नेछ ।