वि.सं. २०८३ सालको भविष्यफल !पोखरा का चर्चित युबा ज्योतिषी भवेश!
ज्योतिषी भवेश अनुसार 🙏
यस वर्षको ग्रहगत स्थिति र त्यसले राष्ट्रिय जीवनमा पार्ने प्रभावका बारेमा हेर्दा अनुसार वि.सं. २०८३ सालको राजा बृहस्पति र मन्त्री मंगल रहेका छन् । सोहि कारण न्याय र धर्मका कारक ग्रह वृहस्पति राजा हुनु र सेनापति मंगल मन्त्री हुनुले यो वर्ष विशेष अर्थ राख्ने देखिन्छ ! बताउनु भयको छ !
बिशेषत
यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले सिद्धार्थी नामको संवत्सरको समाप्तिसँगै रौद्रनामको संवत्सर प्रारम्भ भएको छ। मेषसंक्रान्तिबाट भुक्तमासादि भोग्यमासादि रहेको छ। यसपछि सौरमानले दुर्मतिनामक संवत्सरको आगमन हुनेछ जसअनुसार संवत्सरफल निम्नअनुसार रहेको छ।
रौद्रनामक संवत्सरमा शासकहरुका क्षोभका कारण जनता दुःखको भागीदार हुनेछन्। धान्यादि वस्तुको उत्पादन र मूल्यवृद्धि पनि माध्यम प्रकारको हुनेछ। दुर्मति संवत्सरको प्रभाववृद्धि भएसँगै शासक र जनता सबैको बुद्धि मलीन हुनेछ। सबैतिर युद्धको त्रासदीपूर्ण वातावरण सिर्जना हुनेछ तर पनि सबै खुशी भएजस्तै आत्मरतिमा रमाउनेछन् । जेठमा अधिकमास परेकाले सशस्त्र द्वन्दको स्थिति, शासकवर्गको दमन, तेल, घिउ तथा धान्यादिको मूल्यवृद्धिजस्ता फलको अनुभूति कार्य हुनेछ। गुरुको उदयास्त विचार गर्दा पौष वर्ष परेकाले विभिन्न प्रकारका ज्वरजन्य रोग, भोकमारी र अनावश्यक मूल्यवृद्धिका कारण जनता आजित हुनेछन्। सुरुका तीन महिनामा विशेष रूपमा मूल्यवृद्धि हुनेछ भने पछि केही सामान्य हुनेछ।!र ज्योतिषी भवेश का अनुसार !
जेठमा पर्ने अधिकमासका कारण शस्त्रकलह, राजभय, चोरडाँकाहरुको डर बढ्नेछ भने घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ एवं धान्यादि वस्तुको भारी मूल्यवृद्धि हुनेछ। राजा बृहस्पति भएकाले अनुकूल वृष्टिका कारण लोकमा आनन्दको सञ्चार हुनेछ। दुग्धवृद्धि हुनाले पशुपालक किसानहरूमा आनन्दको सञ्चार हुनेछ। ब्राह्मण एवं अग्निहोत्रीहरुद्वारा अनेकौँ यज्ञयागादि सम्पन्न हुनेछन्। सबैतिर महोत्सवहरू आयोजना हुनेछन्। मन्त्री मंगलका कारण चोर, डाँका र रोगको भय वृद्धि हुनेछ। जनधनको सुरक्षामा सरकार उदासीन बन्नाले जनता दुःखी हुनेछन्। गाईको दूधको उत्पादनमा कमी आउनेछ। ढोंगपूर्ण धार्मिक कार्यहरूमात्र हुनेछन् ।
आर्थिक चुनौतीहरू
राजस्वमा पनि गिरावट आउने योग छ। अलि अलि ब्यापार भए पनि आयातमुखी भएकाले सामान्य आर्थिक वृद्धि देखिए पनि कालान्तरमा राष्ट्रिय पुँजी निकै कमजोर हुनेछ। आर्थिक अवस्था जटिल हुनेछ।
प्रतिकूल समयावधि
वैशाख २३ गतेदेखि बजेठ ४ गतेसम्म समय अत्यन्तै प्रतिकूल हुनेछ।
यो समयमा घरेलु राजनीतिक शक्तिबीच चरम द्वन्द्व हुने, मूल राजनीति तरल हुने, अराजक समूह हावी हुने, राष्ट्र असफलतातिर उन्मुख हुँदै गर्दा विदेशी चलखेल बढ्ने अवस्था
सस्यैश पदमा आसीन शुक्रका कारण लोक रन्जनकारक वृष्टि हुनेछ। फलस्वरूप गहुँ, उत्तम प्रजातिको धान, उखु, कागुनुजस्ता वस्तुको उत्पादनमा वृद्धि हुनेछ भने उपयुक्त रूपमा वृक्षमा फूल एवं फल लाग्नेछन्। जनताले धोरै भए पनि सुखको सास फेर्नेछन् । धान्येश बुधका कारण केही शुभफलको सञ्चार हुने सम्भावना देखिन्छ। समग्रमा भारतवर्षका प्राचीन सिन्धुदेश, लाटदेश र माधवदेशका आसपासका स्थानका अतिरित वृष्टिमा उपयुक्तता नै देखिन्छ। मेधेश चन्द्रका कारण उत्तम प्रजातिका गाई, भैंसी, बाख्राहरुबाट पशुपालक कृषकहरुलाई लाभ मिल्नेछ। फल एवं फूलहरूको उत्पादनमा वृद्धि हुनेछ।
आन्तरिक कलह र बाह्य प्रभाव
देशमा आर्थिक कठिनाइका कारण आन्तरिक कलह चरम हुनेछ। यसैलाई बहाना बनाएर पश्चिमा शक्तिको सशक्त उपस्थिति बढ्दै जानेछ। त्यो कुरा उत्तर र दक्षिणतर्फ सैह्य नहुँदा उनीहरू पनि त्यसको विरुद्धमा खुलेरै अघि बढ्नेछन्। बाह्य शक्तिको घुसपैठमा राष्ट्रिय शक्ति कमजोर हुने सम्भावना बढ्नेछ।
यस्तो स्थितिमा आन्तरिक सेनाको अनुरोधमा बाह्य सेना सूक्ष्म तरिकाले प्रवेश हुने सम्भावना बढ्नेछ।
सूर्यका कारण वस्त्र, तेल, घिउमा विशेष मूल्यवृद्धि हुनेछ। शासकहरू आफ्नो प्रभुत्व - कायम राख्न सक्षम हुनेछन् । जनमानसमा थोरै भएपनि सुखानुभूति, तालतलाउहरूमा जलवृद्धि, ब्रम्हज्ञानी, साधुसन्त, ब्राह्मण एवं प्राज्ञिकजनप्रति लोकको सम्मानजनक भाव बढ्नु र बेसार, पहेंलो वर्णका वस्त्रलगायत अन्य पदार्थको समेत लगातार विशेष मूल्यवृद्धिको कारक निरसेश बृहस्पति रहनेछ ।
फलेश चन्द्र भएकाले घराहराभरा देखिनेछ। कूटनीतिका सम्बन्धमा शासकवर्गको दौडधूप बढ्नेछ। प्राज्ञिक व्यक्तिहरू सन्तुष्टप्रायः देखिनेछन् । धनेश बृहस्पतिका कारण व्यापारी वर्गहरू विशेष लाभान्वित हुनेछन्। वातावरण सन्तुलनका प्रयासहरू हुनेछन् । दुर्गेश चन्दका कारण न्यायक्षेत्रमा जनताले राहतको महसुस गर्नेछन्। मेलमिलापको नीतिमै राज्यसंयन्त्र चल्नाले नागरिकहरूमा केही आशाको सञ्चार हुनेछ।
सूर्यको आर्याप्रवेशसमय विचार गर्दा तिथिअनुसार भयपूर्वक आयआर्जन गर्ने वातावरण बन्नेछ। योग, वेला, नाग, रोहिणीवासजस्ता पक्ष विचार गर्दा सामान्य शुभाशुभ मिश्रित फलप्राप्ति हुने अवस्था देखिए पनि वार र नक्षत्रको संयोग उत्तम प्रकारको भएकाले सामान्य शुभफलकै सञ्चार हुनेछ ।
विश्वव्यापी प्रभाव
शक्तिशाली देश रसिया, बेलायत, जर्मन, जापान आर्थिक उन्नति र आन्तरिक एकताले बलियो हुने योग छ।
चीन, भारत, फ्रान्स शत्रुबाट घेरिनेछ। चीनको कूटनीतिक अवस्था कमजोर, खर्च वृद्घि हुने अवस्था रहन्छ। संंकटका साथै दैवीप्रकोपको सम्भावना, भुटान, भारत, श्रीलंका दैवीप्रकोपको र आन्तरिक कलहबाट संकटमा पर्न सक्छन्।
अमेरिका, अष्ट्रेलिया राजनीतिक समस्यामा परे पनि आर्थिक वृद्घि राम्रै हुनेछ। युरोपियन मुलुकमा आन्तरिक कलहसहित आर्थिक संकटमा पर्न सक्छन्।
जगल्लग्नकुण्डलीमा लग्नेश चन्द्रमा राहुका साथमा अष्टम स्थानमा बस्नु फलका हिसाबले उपयुक्त देखिन्न। शासकवर्गले चाहेका कामलाई सहजै सम्पन्न गर्ने वातावरण बन्ने सम्भावना ज्यादै न्यून छ। राज्यस्थानमा सूर्य र शुक्रको स्थिति पनि राज्यसञ्चालनमा असहज देखिन्छ। राज्यसंयन्त्रमा समन्वयको अभाव देखिनेछ । द्वादश भावको बृहस्पतिका कारण बुद्धिजीवी वर्गको सुझावको कार्यान्वयन हुने सम्भावनासमेत देखिदैन। राष्ट्रको विकास र. जनतामा आशाको सञ्चार अभिवृद्धि गराउने ध्येय भएमा ग्रहपरिषद्मा अवस्थित ग्रहस्थितिलाई विचार गर्दै सबैसँग सरसल्लाहका साथ संयमपूर्वक अघि बढ्नु शासकवर्ग, जनता र देशकै लागि श्रेयस्कर हुनेछ !
धर्म र राष्ट्रियताको संघर्ष
धर्म र राष्ट्रियतालार्ई गलत व्याख्या गरेर आफ्नो अभिलाषा पूरा गर्दै आएका निस्तेज हुनेछ। सच्चा धर्म र राष्ट्रियता अँगाल्दै गर्दासमेत पिछडिएकाहरू धर्मबल र जनबलले सक्रिय भई हुने दुई शक्तिको टकरावमा देश सैनिकीकरणतिर उन्मुख हुँदा राष्ट्रिय सम्पत्ति विकासमा भन्दा सुरक्षामा बढी खर्च हुनेछ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पछि परेका शक्तिले पुनः राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरी यस वर्ष पुनः स्थापित हुने अवसर प्राप्त गर्नेछन्।
साथै
धर्म र शक्तिको द्वन्द्व
यस वर्षको ग्रहस्थितिले धर्म–धर्मबीच र शक्ति–शक्तिबीचको द्वन्द्व हुनेछ। मानव विनाश गराउने क्रियाकलाप बढ्न सक्छ। अन्ततः प्राचीन सभ्यता र आधुनिकताको प्रतिस्पर्धामा प्राचीन नै सर्वमान्य हुने संकेत ग्रहले गरेको छ।
यो वर्ष सत्यको जय र असत्यको पराजय सुनिश्चित हुने ग्रहगोचर छ !! ज्योतिषी भवेश 9846855211