
लहसुनिया
मूल्य रु
5,000/- बाट सुरु
- यो बिरालाको आँखा जस्तो हुन्छ ।
- आफ्नो आकारमा धेरै भारी हुन्छ ।
- यो चमकदार हुन्छ ।
- यो चिल्लो हुन्छ ।
- यसमा यज्ञोपवीतको जस्तै डोरा हुन्छ ।
- यदि जन्मकुण्डलीमा केतु द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, नवम अथवा दशम भावमा छ भने लहसुनिया धारण गर्नु लाभदायक हुन्छ ।
- यदि जन्मकुण्डलीको कुनै भावमा मङ्गल, बृहस्पति या शुक्रको साथ छन् भने लहसुनिया धारण गर्नुपर्दछ ।
- यदि जन्मकुण्डलीमा केतु सूर्यको साथ अथवा सूर्य द्रष्ट छ भने लहसुनिया धारण गर्नु उत्तम र शुभ मानिएको छ ।
- यदि कुण्डलीमा केतु धनेश, भाग्येश या चतुर्थेशका साथ स्थित छ या त्यसबाट द्रष्ट छ भने लहसुनिया धारण गर्नु अति श्रेयस्कर हुन्छ ।
- यदि केतुको महादशा अथवा अन्तर्दशा चलिरहेको छ भने लहसुनिया धारण गर्नु अत्यन्त लाभदायक हुन्छ ।
- केतुसँग सम्बन्धित वस्तु या स्थिसतमा उन्नतिको लागि लहसुनिया धारण गर्नु शुभ मानिको छ ।
- यदि जन्मकुण्डलीमा केतु शुभ या सौम्य ग्रहका साथ स्थित छ भने लहसुनिया धारण गर्नाले लाभ हुन्छ ।
- यदि कुनै व्यक्तिलाई भूत, प्रेत बाधा अथवा त्यसको भय छ भने यसले लहसुनिया धारण गर्नुपर्दछ ।
- केतुसँग सम्बन्धित जन्मदोष निवृत्तिको लागि लहसुनियालाई धारण गर्नाले अति श्रेयस्कर हुन्छ ।
- घ्यूमा लहसुनियाको भस्म मिलाएर खानाले नामर्दी हट्नुका साथै वीर्य गाढा बन्दछ ।
- यदि गर्मी या सुन्निने रोग छ भने लहसुनियाको भसम दूधमा मिलाएर बिहान बेलुका खानाले त्यस्तो कष्टबाट छुट्कारा पाउन सकिन्छ ।
- लहसुनियालाई धारण गर्नाले अजीर्ण, मधुमेह र आमवात आदि रोगबाट छुटकारा पाउन सकिन्छ ।
- पित्तल र लहसुनियाको भस्मलाई मिलाएर खानाले आँखा सम्बन्धी सबै प्रकारको रोग हट्दछ ।
- यदि रगतमासी भइरहेको छ भने लहसुनियाको भस्म महमा मिलाएर खानाले तुरून्त लाभ गर्दछ ।
लहसुनियाको गुण
लहसुनिया कसले धारण गर्ने ?
लहसुनिया खास गरेर उनीहरूले धारण गर्नुपर्दछ । जसको जन्मकुण्डलीमा केतु दूषित, दुर्बल या अस्त छ । खास गरेर यसलाई धारण गर्नाले निम्न स्थिति हुन्छ :
तान्त्रिक मन्त्र:
ॐ कें केवते नमः
लहसुनियाको प्रयोग
शनिबारको दिन चाँदीको औँठीमा लहसुनिया बनाएर विधिपूर्वक प्राणप्रतिष्ठा गरि श्रद्धापूर्वक यसलाई सन्ध्या समयमा बीचको औँलामा धारण गर्नु पर्दछ । यसको वजन ६ रत्ती भन्दा कम हुनु हुँदैन । यसलाई धारण गर्नुुभन्दा पहिले वैदिक मन्त्रद्वारा प्राण प्रतिष्ठा गरेर पञ्चधातु या चाँदिमा धारण गर्नाले राम्रो मानिन्छ ।
लहसुनियाबाट रोगोपचार
लहसुनियाबाट निम्नलिखित रोगको उपचार सम्भव हुन्छ :