
पन्ना(emerald)
- पन्ना नरम हुन्छ ।
- पन्ना पारदर्शक हुन्छ ।
- पन्ना साह्रो र भारी हुन्छ ।
- पन्नाको चारैतिर किरण छरिएको हुन्छ ।
- पन्ना स्निग्ध र लचकदार हुन्छ ।
- पन्ना सूर्य जस्तै स्वत प्रभावले उत्पत्ति हुन्छ ।
- बुधको रत्न पन्ना हो र बुध मिथुन राशिको स्वामी हो । अतः मिथुन लग्न भएकाले पन्ना धारण गर्नु सर्वोत्तम हुन्छ । यसले धारकलाई चौतर्फी लाभ गराउँदछ ।
- कन्या लग्न भएकाको लागि पन्ना लाभदायक छ किनभने बुध कन्या लग्न र पन्ना रत्नको स्वामी हो ।
- यदि कुण्डलीमा बुध छैठौँ र आठौँ भावमा स्थित छ भने त्यसको लागि पन्ना धारण गर्नु लाभकारी हुन्छ ।
- यदि कुण्डलीमा बुध मीन राशिमा स्थित छ भने पन्ना धारण गर्नु एकदम लाभप्रद हुन्छ ।
- यदि बुध धनेश भएर नवम भावमा स्थित छ भने पन्ना धारण गर्नु कल्याणकारी मानिएको छ ।
- यदि बुध सप्तमेश भएर द्वितीय भावमा, नवमेश भएर चौथो भावमा या भाग्येश भएर छैठौँ भावमा स्थित छ भने पन्ना धारण गर्नु शुभ र एकदम लाभदायी हुन्छ ।
- यदि बुध श्रेष्ठभावको स्वामी भएर आफ्नो भावमा अष्टम स्थानमा स्थित छ भने पन्ना धारण गर्नुपर्दछ ।
- यदि बुधको महादशा या अन्तर्दशा चलिरहेको छ भने पन्ना धारण गर्नु लाभकारी सिद्ध हुन्छ ।
- यदि जन्म कुण्डलीमा बुध श्रेष्ठभाव २, ३, ४, ५, ७, ९, १० अथवा ११ को स्वामी भएर आफ्नो भावमा छैठौँ स्थानमा स्थित छ भने पन्ना धारण गर्नु अति उत्तम हुन्छ ।
- यदि बुधलाई मङ्गल, शनि, राहु अथवा केतुको दृष्टि छ भने पन्ना धारण गर्नुपर्दछ ।
- व्यापार वाणिज्य, गणित र एकाउन्टसँग सम्बन्धित काममा लागेका व्यक्तिको लागि पन्ना धारण गर्नु लाभदायक हुन्छ ।
- पन्नालाई २१ दिनसम्म केवडाको जलमा राख्ने । अनि त्यसलाई पिसेर दुधको तरसँग खाँदा यसले प्रबल रूपमा बल, बुद्धि एवम् वीर्य बढाउँदछ ।
- पत्थरी बहुमूत्र आदि रोगमा पन्नाको भस्म उत्तम औषधी हो ।
- पिनास, ज्वरो, किड्नी र रगतसम्बन्धी बिरामीमा पन्नाको भस्मलाई महको साथमा मिलाएर चटाउनाले शीघ्र लाभ हुन्छ ।
पन्नाको गुण
पन्ना कसले धारण गर्ने ?
पन्नाको सम्बन्धमा भनिएको छ कि जसले यसलाई धारण गर्दछ, उसलाई अत्याधिक लाभ हुन्छ । यसलाई ती व्यक्तिले धारण गर्नु पर्दछ, जसको कुण्डलीमा निम्न कुरा हुन्छन् । तिनीहरूको लागि पन्ना अत्यन्त लाभकारी सिद्ध हुन्छ ।
तान्त्रिक मन्त्र:
ॐ बुं बुधाय नमः
पन्नाको प्रयोगः–
जहाँसम्म सम्भव हुन्छ पन्नालाई बुधवार सुन या पञ्चधातुमा चाँदीको औँठीमा बनाउनु पर्दछ । यसको वजन ६ रत्तीभन्दा कम हुनु हुँदैन । यसलाई विधिपूर्वक उपासना गरिसकेपछि वैदिक विधिले प्राणप्रतिष्ठा गरेर शुक्लपक्षको बुधबारको सूर्योदयभन्दा एक घण्टा पछाडि धारण गर्नुपर्दछ । यसलाई दाहिने हातको कान्छी औँलामा धारण गर्नुपर्दछ ।
पन्नाबाट रोगोपचारः–
‘आयुर्वेद प्रकाश’ मा पन्नाको सन्दर्भमा लेखिएको छ – “विषलाई मार्ने, शीतल पित्तको समस्यालाई हटाउने, रूचिकारक, पोषण तथा भूतप्रेत बाधालाई नष्ट गर्ने एउटा गुणकारी रत्न हो ।” एउटा अर्को पुस्तक ‘रसरत्न समुच्य’ मा लेखिएको छ – “पन्नाले ज्वरो, वान्ता, दम, सन्निपात, अपच, बवासिर, पाण्डु रोग तथा विष आदिबाट छुटकारा दिलाएर शरीरमा बल र सौन्दर्य बढाउँदछ ।” यसलाई छारेरोग एवम् पेचिशको अचूक औषधी मानिएको छ । यी सबै रोगमा पन्नाको भस्म या गोलीको प्रयोग गर्नुपर्दछ । सबै प्रकारका घाउ, सुन्निएको लागि रामवाण सिद्ध हुन्छ । यसको अलवा यसले निम्न रोगमा पनि प्रभाव पार्दछ: