
मोती
- यदि जन्म कुण्डलीमा चन्द्रमा सूर्यका साथ या सूर्यबाट अर्को पाँच राशिको पहिलो स्थितिमा छन् भने त्यो क्षीण हुन्छ । त्यसबेला व्यक्तिले मोती धारण गर्नुपर्दछ ।
- केन्द्रमा रहेको चन्द्रमा हल्का हुन्छ । यस्तो स्थितिमा धारकले मोती धारण गर्नुपर्दछ ।
- यदि चन्द्रमा द्वितीय या धन भावको स्वामी (मिथुन लग्नमा) भएर कुण्डलीको छैठौँ स्थानमा स्थित छ भने मोती धारण गर्नु धेरै राम्रो हुन्छ ।
- यदि जन्म कुण्डलीमा चन्द्रमा पञ्चमेष भएर १२ औँ भावमा, सप्तमेव भएर दोस्रो भावमा नवमेश भएर चतुर्थ भावमा, दशमेव पञ्चम भावमा तथा एकादशेश भएर चतुर्थ भावमा स्थित छन् भने त्यस्तो व्यक्तिले यथाशिघ्र मोती धारण गर्नुपर्दछ ।
- यदि जन्म कुण्डलीमा लग्नेश सप्तम भावमा, चतुर्थेश चन्द्रमा नवम भावमा, पञ्चमेश चन्द्रमा दशम भावमा, सप्तमेश चन्द्रमा द्वादश भावमा, नवमेश चन्द्रमा द्वितीय भावमा, दशमेश चन्द्र तृतीयभावमा र एकादशेश चन्द्रमा चतुर्थ भावमा छन् भने त्यस्ता व्यक्तिले तुरून्त मोतीधारण गर्नुपर्दछ ।
- यदि कुण्डलीमा चन्द्रमा बृश्चिक राशिमा छ भने त्यस्तो व्यक्तिले मोती धारण गर्नुपर्दछ ।
- जसको कुण्डलीमा चन्द्रमा राहु, केतु या शनिमध्ये कुनै पनि ग्रहको साथमा बसैको छ भने त्यस्तो व्यक्तिले मोती धारण गर्नुपर्दछ ।
- यदि चन्द्रमा राहु, केतु मङ्गल र शनिमध्ये एक या अधिक ग्रहको दृष्टिमा छ भने त्यस्तो व्यक्तिले मोती धारण गर्नुपर्दछ ।
- यदि चन्द्रमा आफ्नो राशिबाट छैठौँ या आठौँ भावमा रहेको छ भने मोती धारण गर्नु अत्यधिक लाभदायक हुन्छ ।
- यदि चन्द्रमा, बक्री या अस्त छ अथवा राहुको साथ ग्रहण योग बनिरहेको छ भने मोती लगाउनु लाभदायक हुन्छ ।
- यदि विंशोत्तरी पद्धतिबाट चन्द्रमाको महादशा या अन्तर्दशा चलिरहेको छ भने त्यस्तो व्यक्तिले मोती धारण गर्नुपर्दछ ।
- मोतीमा लगभग ९० प्रतिशत चूना रहेको हुन्छ । त्यसकारण क्याल्सियमको कमीका कारण उत्पन्न रोगमा मोतीले चामत्कारिक ढङ्गले फाइदा दिन्छ ।
- मोतीको चूर्णलाई लगाउनाले आँखासम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । साथै आँखाको ज्योति पनि बढाउँदछ ।
- यदि पत्थरी रोग छ भने मोतीको भस्म महमा मिलाएर खाँदा छिट्टै लाभ हुन्छ ।
- पिशाब गर्दा पोल्ने गरेको छ भने मोतीको भस्म मिलाएर खाँदा तुरून्तै फाइदा गर्दछ ।
- यदि शरीरमा धेरै गर्मी बढेको छ भने शुद्ध मोती लगाउनु उत्तम हुन्छ ।
- धेरै शरीर दुखेको समयमा मोतीको भस्मले रामवाणको काम गर्दछ ।
- स्मरणशक्ति बढाउनका लागि मोतीको भस्म एकदम लाभकारी हुन्छ । यसबाट उन्माद र वायु विकारसम्बन्धी सबै रोग समाप्त हुन्छन् ।
- मोतीको भस्म प्रयोग गर्नाले पाचनशक्ति पनि बढ्दछ ।
- पुरूषको शुक्रमेह तथा स्त्रीको पेटको भस्म अत्यधिक लाभकारी मानिएको छ ।
- टाइफाइड भएको बेला मोतीलाई पानीमा राख्ने र त्यही पानी बिरामीलाई पिलाउँदा शीघ्र फाइदा हुन्छ र कमजोरी पनि हट्दै जान्छ ।
मोती कसले धारण गर्नेे ?
जसको जन्मकुण्डलीमा चन्द्रमा क्षीण, दुर्बल या दूषित छ भने मोती लगाउनु पर्दछ । मोतीलाई चन्द्रमाको निम्न स्थितिमा ग्रहण गर्न सकिन्छः
तान्त्रिक मन्त्र:
ॐ सों सोमाय नमः
मोतीको प्रयोग
मोती धारण गर्दा ५,६,७ या ११ रत्तीको मोती चाँदीको औँठीमा लगाउनु पर्दछ । यसलाई सोमबार या बिहीबारको दिनमा किन्नु अथवा बनाउनु राम्रो मानिन्छ र शुक्लपक्षको सोमबारको दिन वैदिक मन्त्रद्वारा प्राण प्रतिष्ठा गरेर साँझको समयमा धारण गर्नु उत्तम मानिन्छ ।
मोतीबाट रोगोपचार
मोतीको जन्म या सृजन प्राकृतिक रूपले हुन्छ । त्यसकारण यो चिकित्सा क्षेत्रमा अत्यधिक महŒव हुने गर्दछ । प्राचीनकालदेखि नै आयुर्वेदिक तथा युनानी चिकित्सामा विभिन्न रोगका लागि यसको प्रयोग गर्ने गरिन्थ्यो तर केही ग्रन्थमा यो पनि चेतावनी दिइएको पाइन्छ कि मोतीलाई शुद्ध नगरिकन प्रयोगमा नल्याउनु, ल्याइयो भने त्यसले विपरीत फल दिन्छ यानी यसले रोग बढाउँदछ । मोतीबाट निम्नलिखित रोगको उपचार भएको छ ः
मोतीबाट निर्मित केही औषधीको नाम यसप्रकार छ: मुक्त पञ्चामृत चूर्ण, वसन्त कुसुमाकर आदि । यी औषधीको प्रयोग तपाईं पनि गर्न सक्नुहुन्छ या आयुर्वेदाचार्यसँग राय लिएर मात्रै प्रयोग गर्नुभएमा शुभ हुन्छ ।