
पुष्पराज
- धनु र मीन लग्न भएका व्यक्तिहरूले पुष्पराज धारण गर्नुपर्दछ ।
- यदि जन्मकुण्डलीमा बृहस्पति पाँचांै, छैठौं, आठांै र बाह्रौं भावमा स्थित छ भने पुष्पराज धारण गर्नुपर्दछ ।
- यदि बृहस्पति मेष, वृष, सिंंह, वृश्चिक, तुला, कुम्भ या मकर राशिमा स्थित छ भने पुष्पराज धारण गर्नु अति उपयोयी हुन्छ ।
- यदि बृहस्पति धनेश भएर नवम भावमा, चतुर्थेश भएर एकादश भावमा, सप्तमेश भएर द्वितीय भावमा, भाग्येश भएर चतुर्थ भावमा या राज्येश भएर पञ्चम भावमा स्थित छ भने पुष्पराज धारण गर्नाले अत्यन्त राम्रो फल प्राप्त हुन्छ ।
- यदि बृहस्पति उत्तम भावको स्वामी भएर आफ्नो भावबाट छैठौँ या आठौँ स्थानमा स्थित छ भने पुष्पराज धारण गर्नुपर्दछ ।
- यदि कुनै ग्रहको महादशामा बृहस्पतिको अन्तर चलिरहेको छ भने पुष्पराज धारण गर्नु श्रेयस्कर हुन्छ ।
- यदि कुनै कन्याको विवाह कुनै कारणवश हुन सकेको छैन भने पुष्पराज धारण गर्नाले शीघ्र मनोकामना पूरा हुन्छ ।
- पुष्पराज लगाउनाले गलत विचार एवम् कार्यमा कमी आउँदछ । शुभ विचार उत्पन्न हुन्छ तथा त्यस्तो शक्ति शान्त रहन्छ ।
- जन्डिस र ज्वरो आदिमा पुष्पराजलाई महका साथमा मिसाएर खानाले फाईदा गर्दछ ।
- किड्नी रोगमा पुष्पराजलाई बेलीको जलमा घोलेर लिने हो भने छिट्टै फाईदा हुन्छ ।
- हड्डी दुखाई र खोकी आदिमा पुष्पराजको भस्म उपयोगी हुन्छ ।
- यदि पुष्पराजलाई केहीबेर मुखमा राख्ने हो भने मुखको दुर्गन्ध हट्दछ । दाँत बलियो हुन्छ तथा मुखबाट सुगन्ध आउन थाल्दछ ।
पुष्पराज मुख्यतः पाँच रङमा हुन्छन् । बेसारको रङ जस्तो जर्द, केसरी जस्तो केसरिया, कागतीको बोक्रा जस्तो, सुन रङको जस्तो र सेतो तर पहेँलो फिज भएको हुन् । प्राचीन शास्त्रअनुसार शुद्ध र श्रेष्ठ पुष्पराज पहेँलो कान्ति भएको, हातमा लिँदा वजनी लाग्ने, दागरहित पारदर्शी, चिल्लो, प्वाल नभएको, मुलायम, पहेँलो, चम्पा या अमलतासको फूलको रङ जस्तो चमकदार हुन्छ ।
पुष्पराजलाई कसले धारण गर्ने
पुष्पराजलाई सबैले धारण गर्न सक्दैनन् किनकि यो कुनै राशिका जातकको लागि अत्यधिक घातक सिद्ध हुन्छ । अतः यसलाई निम्न स्थितिमा मात्र धारण गर्न सकिन्छ:
तान्त्रिक मन्त्र:
ॐ बृं बृहस्पतये नमः
पुष्पराजको प्रयोगः–
पुष्पराजलाई सुन या चाँदीको औँठीमा नै धारण गर्नुपर्दछ जसको विशेष गरेर ५,७,९ या १२ रत्तीको पुष्पराज लगाउनु राम्रो हुन्छ । यसलाई बृहस्पतिबारमा बनाउनु पर्दछ । औँठीलाई विधिपूर्वक उपासना गरिसकेपछि वैदिक या तन्त्रोक्त यन्त्रद्वारा शुक्लपक्षको गुरुबारका दिन प्रातः चोरी औँलामा धारण गर्नुपर्दछ ।
पुष्पराजबाट रोगोपचार
आयुर्वेद प्रकाशअनुसार पुष्पराज दीपन, पालन र हल्का हुन्छ । यसले शीत अनुलोमन रसायन तथा विषको प्रभावलाई निष्प्रभाव पार्दछ । यसको उपयोग वान्ता, कफ, वायु विकार, मन्दाग्नि, कुष्ट, बवासीर र जन्डिस आदि रोगमा गर्ने गरिन्छ । यस्ता बिरामीको लागि यो लाभकारी औषधी हो । पुष्पराजलाई गुलाव जल र बेली फूलको जलमा २५ दिनसम्म राखिसकेपछि यसलाई गाजल जस्तै पिसेर छायामा सुकाएर राख्नुपर्दछ । त्यसपछि उपर्युक्त रोगमा प्रयोग गर्न सकिन्छ । वैद्यले सेतो पुष्पराजको भस्म बनाएको हुन्छ । भस्म सेवनको मात्रा चौथाइ रत्तीदेखि आधा रत्तीसम्म हुन्छ । खुराक या औषधी लिनुभन्दा अगाडि कुनै राम्रो र अनुभवी वैद्यको सल्लाह लिनुपर्दछ । उपर्युक्त रोगको अलवा पुष्पराज निम्नलिखित बिरामीको लागि पनि प्रयोग गरिन्छ: